‘दि कर्मा’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ:फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘दि कर्मा’ प्रदर्शनमा आएको छ । देवकुमार श्रेष्ठ निर्देशित ‘दि कर्मा’ले सोलो प्रदर्शनको मौका पाएको छ । चलचित्र ‘दि कर्मा’को मंगलवार राजधानीमा च्यारिटी शो को आयोजना गरिएको थियो । च्यारिटी शोमा चलचित्र हेर्ने दर्शकबाट उत्कृस्ट प्रतिक्रिया पाएको थियो । भारतिय कलाकारको अभिनयका कारण पनि यो चलचित्रलाई चासोको रुपमा लिईएको छ । चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

जय राज राय, श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । ‘दि कर्मा’ लाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । चलचित्रको पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रमा राज्यलक्ष्मी राणा, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामाङ्ग, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् ।‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.