‘आमा’ को शिर्ष गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्बजनिक(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’को शिर्ष गीत सार्बजनिक गरिएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत अत्यन्तै मार्मिक छ भुपेन्द्र खड्काको शब्दमा आमाको समर्पण, त्याग प्रेम महसुस हुन्छ । सुभाष भुसालको संगीत रहेको गीतमा केतन क्षेत्रीको स्वर छ ।

ट्रेलर सार्बजनिक भएसँगै हाइपमा आएको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको लेखन तथा छायांकन पनि निर्देशक खनालले नै गरेका हुन् । डिएस डिजिटलको व्यानरमा निर्मित चलचित्रमा सुभाष भुसालको संगीत, दिर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ । फागुन ९ देखि सार्बजनिक प्रदर्शनमा आउने चलचित्रलाइ उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र जिजिए ग्रुपले वितरण गर्दै छ भने उपत्यका बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.