‘धुर्मुस’ र ‘सुन्तली’को चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्बजनिक गरिएको छ। बुधवार राजधानी काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर हेर्दा चलचित्रले गाउँमा हुने राजनीतिको कथा उठान गरेको देखिन्छ।

चलचित्रमा कलाकारहरु सिताराम, कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल,एलिस राइ सन्दिप क्षेत्रि,पवन खतिवडा,सुनिता घिमिरे लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ ।

‘सेन्टी भाइरस’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। कुमार कट्टेल र दीपक आचार्यले लेखेको चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको छ। डिन्डु लामा ह्योल्मोले लगानी रहेको चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन निमेश श्रेष्ठको सम्पादन रहेको छ । सानो पर्दा हुँदै समाज सेवामा केन्द्रित धुर्मुस–सुन्तली ‘सेन्टी भाइरस’मार्फत कथानक चलचित्रमा होमिएका हुन्। चलचित्र फागुन ९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.