सन्तोषको ‘टिकटकको हिरो’ बने रबिन (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं:डान्स रियालिटी शो बुगिवुगीको नेपाली संस्करणबाट चर्चा कमाएका प्रतिस्पर्धी रबिन भुजेलको नयाँ भिडियो ‘टिकटकको हिरो’ सार्बजनिक गरिएको छ।सन्तोष परियारको स्वर शब्द तथा संगीत रहेको गीतमा नवराज रोक्काको संगीत संयोजन रहेको छ। रबिनले यो भिडियोमा विभिन्न चर्चित बलिउड कलाकारको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।

ए भी नेपालको युटुब च्यानलमा सार्बजनिक गरिएको भिडियोमा रविन भुजेल, रुप गुप्त लगाएत डान्स समूहको नृत्य हेर्न सकिन्छ । गायक सन्तोष परियारले नै निर्देशन गरेको यस भिडियोलाइ सन्देश शर्माले छायांकन तथा बिष्णु खड्काले सम्पादन तथा पोस्टरको काम गरेका हुन् ।