सन्तोषको निर्देशनमा समीपको ‘चल न माया चल’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: कृष्ण समीप सुवेदीको ‘चल न माया चल’ बोलको गीत सार्वजनिक गरिएको छ। शुक्रबार गायक समीपको गीत युट्युबमार्फत् सार्वजनिकगरिएको हो। गीतमा विभिन्न क्षेत्रको सांस्कृतिक परम्परा र परम्परागत शब्दहरुलाई समेट्ने प्रयास गरिएको उक्त गीतका शब्द संकलक र संगीतकारसमेत रहेका गायक समीपले बताए। भिडियो निर्देशक सन्तोष राजबाहकले गीत अनुसार भिडियो उत्कृस्ट बनाएका छन् । सन्तोष पछिल्लो समय सम्भावना बोकेको निर्देशकको रुपमा उदाई रहेका छन् ।

सुदूरपश्चिम क्षेत्रमा ‘चल न माया चल’ को अर्थ जाउँ न माया जाउँ हुने उनले बताए। थुप्रै चर्चित गीतहरुका सर्जकसमेत रहेका कृष्ण समीपको ‘शिरशिर बतास, मेरो हितैको मायालु कुन्नी कता छ’ गीत अझै पनि धेरैको स्मरणमा रहेको छ। भिडियोमा सुन्दर र जुना सुन्दासलाई फिचरिङ गरिएको छ। ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.