‘पछुताउनु पर्ला’ भन्दै आए बल बहादुर (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: राजबँशी समुदायमा आफुलाई स्टारका रुपमा स्थापित गराउन सफल नाम हाे गायक बलबहादुर राजबँशी । बिगत ८ बर्ष देखि नेपाली सँगीतमा सक्रिय राजबँशीले १०० भन्दा बढि गीतमा आवाज भरि सकेका छन् भने दर्जनाैँ नेपाली गीत गाइ सकेका छन् । उनकाे चर्चा भ्वाइस अफ नेपाल सिजन २ मा गएपछि झन् चुलिएकाे छ । उनी भ्वाइस अफ नेपाल सिजन २ मा टप नाईन सम्म पर्न सफल गायक हुन्। राजबँशीले भर्खरै नयाँ गीत ‘पछुताउनु पर्ला’ सार्बजनिक गरेका छन् ,जसमा शब्द डा. राजुबाबु श्रेष्ठकाे रहेकाे छ भने सँगीत हरि लम्सालकाे रहेकाे छ ।

गीतकाे सँगीत सँयाेजन रिकेश गुरुङ्गले गरेका छन् भने क्रिस्टल क्लज क्रिउ डान्स ग्रुपकाे अभिनय देख्न सकिन्छ । पाेखराकाे मनाेरम दृष्यहरुमा छायाँकन गरिएकाे भिडियाे सन्देश जँग राणाले निर्देशन गरेका छन् । सबै धारकाे गीतलाई न्याय दिन सफल राजबँशीकाे याे गीत डान्सिङ्ग बिटमा रहेकाे छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.