बैदेशिक पीडाको कथा ‘माया लाग्छ नभन’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिश्व नेपालीको स्वरमा रहेको नयाँ गीत ‘माया लाग्छ नभन’ सार्बजनिक गरिएको छ । भोला श्रेष्ठको शब्द रचना रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । विदेशमा बसेर आफ्नो देश र आफ्नो परिवारको सम्झनामा डुबेको युवाको कथा भिडियोमा देखाउन खोजिएको छ।

प्रदिप कुमार रसाइलीले निर्देशन गरेको भिडियोलाई दिपक गिरीले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् कल्पना कुमारी श्रेष्ठ निर्माता रहेको भिडियोमा बिनोद श्रेष्ठ,रमा थपलिया र एलिना देउजा फिचर्ड छन् ।