(सेलिब्रेटी नेपाल) २० चैत्र-व्याच नम्बर १६ बाट निर्देशक बनेका पिताम्बर पाण्डेले निर्देशन तथा कविता श्रेष्ठले निर्माण गरेको चलचित्र ‘ढुवानी’ को आज राजधानीमा एक कार्यक्रमका विच सिएनएन हिरो तथा माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले उक्त चलचित्रको फस्टलुक सार्वजनिक गरेकी छिन् । चलचित्रमा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो चलचित्रमा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ । चेलीबेटी बेचबिखन बिरूद्ध जनचेतना जगाउन निर्माण गरिएको भनियको चलचित्रमा चेली बेटी बेच बिखन सम्बन्धित कथा लाई नै मुख्य बिषय बनाईयको छ ।
सम्बधित पोस्टहरु
‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा छ
निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित चलचित्र
भदौ २६ मा आउने ‘अक्षरा’ को धमाधम डबिङ गर्दै न्यान्सी
न्यान्सीको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ।
साउनमा चार नेपाली फिल्मको प्रतिस्पर्धा, सुस्त बजार तताउने अपेक्षा
सुस्ताएको चलचित्र बजारलाई चलायमान बनाउने आशासहित साउन महिनामा चार नेपाली फिल्म प्रदर्शनको तयारीमा छन्।
सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
विवाहपछि पनि पढाइलाई निरन्तरता दिन चाहने गौँथलीको संघर्ष ट्रेलरको मुख्य केन्द्रमा छ।
महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका वरिष्ठ ड्रेसम्यान कमल मिश्रलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान



