राष्ट्र भावना बोकेको गीत ‘नालापानी’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौं: र्‍यापर तथा इन्जिनियर निराजन तिमल्सिनाको स्वरमा रहेको ‘नालापानी’बोलको र्‍याप गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्बजनिक गरिएको गीतमा नेपाल-अंग्रेज युद्धमा शहिद भएका एक योद्धाको कहानी प्रस्तुत गरिएको छ । गायक निराजनका अनुसार यो गीत उनले सन् २००९ मा लेखेका हुन् ।

गीतको शब्द लेखन र भिडियो निर्देशन गायक निराजनकै रहेको छ । संगीतको काम भने रेञ्ज रेकर्ड्सले गरेको छ । भिडियोमा मुख्य कलाकारको रुपमा रंगकर्मी निशा पाख्रिन, रजिन आचार्य साथै कलाकार बिकाश ढकाल र आरोग्य ढकाल रहेका छन् । म्युजिक भिडियोको छायांकन र सम्पादन बाला रेकर्ड्सका आशिष गैरेले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.