सुमी र विजय संगै ‘सरौतो’ जापानमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: नयाँ वर्ष २०२० को उपलक्ष्यमा जनवरी ४ तारिखका दिन जापानको नागोया स्थित लास्सो एभरेस्ट ईन्टरनेशनलको आयोजनामा ‘सरौतो फिल्मी एण्ड म्युजिकल कन्सर्ट’हुने भएको छ ।कार्यक्रममा अभिनेता तथा क्याप्टेन विजय लामा, सुमी मोक्तान र समिर तिमिल्सिनाको समेत प्रस्तुति रहने छ । यो कार्यक्रम संगै चलचित्र ‘सरौतो’ को जापानको बिभिन्न्न शहरहरुमा प्रदर्शन हुने भएको छ । सुन्दरी नायिका सुमी र क्याप्टेन बिजय लामासंगै चलचित्र हेर्ने अवसर जापानबासी नेपालीहरुले पाउने छन् ,यो अवसरलाई नगुमाउनु हुन कार्यक्रम संयोजक राजिव लामाले अनुरोध गरेका छन । यसै कार्यक्रममा सहभागी हुन नायिका सुमी मोक्तान जापान पुगी सकेकी छिन उनलाई गायक एवम उक्त कार्यक्रमका संयोजक राजिव लामा र अन्य व्यक्तिहरुले स्वागत गरेका थिए ।