लुडो र तासमा व्यस्त बन्दै सरिता (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारती र गायक रामकुमार बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘लुडो र तास’ सार्बजनिक गरिएको छ । नयाँ वर्ष सन २०२० को अवसर पारेर डिसेम्बर ३१ राती यो गीतको भिडियो ब्युटी न्युज नेपालको च्यानलबाट सार्बजनिक गरिएको हो ।

यस अघि लोक पप गीत ‘मेरो जवानी’ल्याएर अवार्डसमेत जितेकी सरिताको लुडो र तास पहिलो लोक दोहोरी गीत हो । गायिका सरिता र गायक रामकुमारको यो लोक दोहोरी गीत समाजमा रहेको विकृति विसंगतिविरुद्ध तयार गरिएको हो । यो गीतमा अलिफ खानको सँगीत र सञ्चारकर्मी प्रदीप कँडेलको शब्द रहेको छ ।

गीत लुडो र तासलाई यो गीतका गायक रामकुमार बस्नेतले नै निर्देशन र प्रदिप भण्डारीले मुख्य सहायक निर्देशन गरेका हुन् । जसमा टँक केसीको छायाँकन, तार्जन खड्काको सम्पादन रहेको छ । यो गीतको भिडियोमा गायिका सरिता भारती आफैं मुख्य भूमिकामा रहेकी छिन् । जसमा सरिता भारतीसहित रामकुमार खत्री, मनिषा लोकान्द्री, कुमार खत्रीलगायतको अभिनय छ ।