धन किरण गुरुङको ‘हे चरी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: धन किरण गुरुङको स्वरमा रहेको गीत ‘हे चरी’ सार्बजनिक गरिएको छ । हिमालयन ब्याण्डका लिड भोकलिस्ट धन किरण गुरुङ पुर्व काउन्सुलर समेत हुन् । उनले आफ्नै शब्द र संगीतमा धेरै समय पछि हे चरी सार्बजनिक गरेका हुन् । सृजन नेपालले संगीत संयोजन गरेको गीतमा आफ्नो मायालुको बर्णन गरिएको छ र आफ्नो मायालुलाइ आफ्नो मन मन्दिरमा सजाएको र आफ्नी मायालुलाइ सन्देश लग्न चरी लाई भनिएको भाव व्यक्त गरिएको छ।

राम कुमार केसीले छायांकन गरेको भिडियोलाइ धुर्बराज पराजुलीले सम्पादन गरेका छन् । चाम्स इन्टरटेन्टले निर्माण गरेको भिडियोमा रुसा न्यौपानेलाइ फिचर्ड गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.