‘दि कर्मा’को एक्शन प्याक्ड ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: माघ १७ गते देखी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । दुई मिनेट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा प्रमूखत: करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामांगलाई देख्न सकिन्छ । कथा सस्पेन्स राखिएको ट्रेलरमा परमिता र बुद्दीलाई नेगेटिभ भूमिकामा देखाईएको छ भने नीता र करणलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा सारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । चलचित्रका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।

सार्वजनिक ट्रेलरले नेपाल तथा विदेशका दर्शकमा चलचित्रप्रति उत्सुकता बढाउने बिश्वास आफुले लिएको निर्माता जय राज रायले बताए । यसअघि रिलीज भएको टीजरले ओभरसिजबाट डिमाण्ड आईसकेको र ट्रेलरले त्यसलाई थप मद्दत गर्ने अर्का निर्माता श्रीदेव बि.एल.ले बताए ।