चेतनको सिन्धुपाल्चोक चिनाउने भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल भ्रमण वर्ष २०२० को पुर्व सन्ध्यामा सिन्धुपाल्चोकको धार्मिक, पर्यटकीय र ऐतिहासिक झल्काउने दुई गित सार्वजनिक गरिएको छ । गितकार तथा संगीतकार चेतन सापकोटाको स्वरमा ‘सिन्धुपाल्चोक’ र ‘जुगल’ हिमाल चढ्न जाउँ बोल रहेको दुई गित सार्वजनिक गरिएको हो ।

गित संगीतको मार्फतबाट सिन्धुपाल्चोकमा बढीभन्दा बढी पर्यटकहरु भित्राउने उदेश्यले गित सार्वजनिक गरिएको सर्जक सापकोटाले जानकारी दिए । सिन्धुपाल्चोक बोलको गित सञ्चारकर्मी रेवती सापकोटाको रचना र स्वर र संगीत चेतन सापकोटाले दिएका छन् । भिडियो सहितको गितमा सिन्धुपाल्चोकको ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुको दृष्य समेटिएको छ । गितमा सिन्धुका उच्च राजनीतिक दलका नेताहरु, सामाजिक व्यक्ति,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको छ ।

दृष्यसहितको गित सिन्धुपाल्चोकका पुर्व मन्त्री त्रय अमृतकुमार बोहरा, अग्नि सापकोटा र शेरबहादुर तामाङले सार्वजनिकीकरण गरेका थिए । प्रदेश ३ सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयको केही सहयोगमा गित निर्माण भएको सापकोटाले बताए । त्यस्तै गत वर्ष मात्रै सिन्धुबासीले आरोहण गरेको जुगल हिमाल आरोहण गर्न जाउँ भन्दै गाइएको गित पनि सार्वजनिकीकरण गरिएको छ । सिन्धुको काखमा रहेको जुगल हिमाल र यसका आसपासमा भएको प्राकृति सुन्दरताको गितमा वर्णन गरिएको छ ।

गितको शब्द, स्वर र संगीत चेतन सापकोटाले नै दिएका छन् । गायक, संगीतकार सापकोटाको गृह जिल्ला सिन्धुपाल्चोक हो । गित संगीतको मार्फतबाट आफ्नो जिल्लाको प्रचार प्रसार गर्न र धेरै भन्दा धेरै पर्यटकहरु भित्राउन यो काम गरिएको सापकोटाले बताए । दृष्यसहितको गित सार्वजनिक कार्यक्रममा नेकपाका युवा नेता माधव सापकोटाले दुइ गित मार्फत सिन्धुको सवै भौगोलिक,पर्यटकीय र ऐतिहासिक पक्ष समेटिएको बताए ।