प्रताप र पुजाको ‘यात्रा’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: प्रताप दास र पुजा केप्छाकी मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सोमबार राजधानी काठमाडौँमा एक कार्यक्रम गरेर ‘यात्रा ‘बोलको गीत भिडियो सार्बजनिक गरिएको हो । सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन रहेको छ । सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफी गरेको गीतमा करुणा श्रेष्ठ र प्रकाश राम दाम फिचर्ड छन् ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका छन् । मुस्तांगको रमणीय दृश्यहरु कैद गरिएको भिडियोमा सुरेश काफ्लेले ड्रोन अपरेट गरेका छन् ।