‘लभ डायरिज’ गीत सार्बजनिक,रुविना र ट्वीन्स गर्लसँग सुशीलको छम छम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘लभ डायरिज’को नयाँ गीत सार्वजनिक गरिएको छ । आगामी भ्यालेनटाईन डेको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रले राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै नयाँ लोक फ्लेबरको गीत सार्बजनिक हो ।

संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल, सुरेश लामा र बाल गायिका कमला घिमिरेको स्वर छ । ‘छम छम’ बोलको गीतमा सिनेमा मुख्य कलाकार सुशिल श्रेष्ठ, रुविना थापा र विशवजित रिमालका अलवा बाल गायिका कमला घिमिरे र ट्वीन्स गर्ल प्रिज्मा र पिन्सी खतिवडालाई फिचर्ड गरिएको छ ।

मधु बास्तोलाको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा सम्पादक साहिल खानले एसोसियट निर्देशकको जिम्मेवारी सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रुपमा रहेकाछन् । लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमाल लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । संजय लामाले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।