योगेश र सारिकाको’मेरो मायाले छुन्छ छुुदैन’मा सरोज र आश्मा (भिडियो)


सेलिब्रेटी नेपाल
-sarika
काठमाडौँ: विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मेरो मायाले छुन्छ छुुदैन’ सार्वजनिक गरिएको छ । योगेशकाजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘मेरो मायाले छुन्छ छुुदैन’को भिडियो सार्वजनिक गरिएको हो ।

योगेश काजीको सङ्गीत/सङ्गीत संयोजन, एचबीएन किस्मतको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । कार्टुन क्रुजका सरोज र आष्माको अभिनय रहेको गीतको भिडियोमा सारिका र योगेशलाई पनि देख्न सकिन्छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ ।

गीतको भिडियोलाई डीआर म्युजिक एण्ड क्रिएशनबाट सार्वजनिक गरिएको हो । यो गीत डा. डीआर उपाध्यायको गत महिना विश्व रेकर्ड राख्न सफल एल्बम ‘सेभेन्थ कड्स’को हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.