एलिसा बनिन् सुभाषको ‘ब्ल्याक ब्युटी’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सुभाष ढुंगानाको नयाँ गीत ‘ब्ल्याक ब्युटी’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियोमा रोहन नेपाली र एलिसा शर्मा फिचर्ड छन् । गीतलाई रामगोपाल आशुतोषले लेखेका हुन् भने संगीत हरी लम्सालको छ ।

रोहन र एलिसालाई क्रेजी सर्कलले साथ दिएका छन् । गीतको छाँयाकन पोखराको सेरोफेरोमा गरिएको हो । गीतलाई रोहन नेपालीले नै निर्देशन गरेका हुन् । सुभाष ढुंगानाको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक भिडियोको छाँयाकन मिलन शंकरले गरेका हुन् भने सम्पादन नेत्र गुरुङको रहेको छ ।