आगामी दशैंमा ‘छक्का पञ्जा ४’


सेलिब्रेटी नेपाल

काठमाडौं: दीपकराज गिरी र दीपाश्री निरौलाको टिम ‘छक्का पञ्जा’मै फर्किएको छ। ‘छक्का पञ्जा ३’पछि यो टिमले यसवर्ष चलचित्र ‘छ माया छपक्कै’ लिएर आएको थियो। अब यो टिमले ‘छक्का पञ्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो।

आउँदो वर्षको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पञ्जा ४’को निर्माण घोषणा गरिएको छ। निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले अहिले चलचित्रको कथामा काम भैरहेको बताए ।

चलचित्रमा दीपकराजसँगै जितु नेपाल र केदार घिमिरे लगायतको प्रमुख भूमिका रहनेछ। बैशाखबाट छायाँकनमा जाने तयारीमा रहेको चलचित्रको लागि अभिनेत्री भने फाइनल गरिएको छैन। चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन्।

दीपकराजले रिच इन्टरटेन्मेन्ट र जि.जि.ए ग्रुपलाई काठमाडौंभित्र र एफडी कम्पनीलाई मोफसलमा चलचित्र वितरण गर्ने अधिकार दिएका छन्। शुक्रबार वितरक कम्पनीसँग उनको कागजी सम्झौता समेत भईसकेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.