पदमले ल्याए स्पेनिस फ्लेवरको गीत


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक पदम भट्टराईको स्वरमा रहेको ‘कहिँ कतै तिम्रो सम्झनामा’ बोलको गीत सार्वजनिक गरिएको छ । गणेश न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा विक्रम कार्कीको एरेञ्ज छ । काठमाडौंका विभिन्न स्थानमा खिचिएको गीतको भिडियोमा गायक भट्टराई स्वयं फिचर्ड छन् । उनीसँगै मोडल सोनिका केसी पनि देखिएकी छन् ।

गायक भट्टराई आफ्नै यूट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको रोमान्टिक थिमको भिडियोको निर्देशन नियोन क्रियशन स्टूडियोले गरेको हो । गीतले पदम र सोनिकाको प्रेम भाव बोल्छ । भिडियोमा दुईको केमेस्ट्री सुहाएको देखिन्छ । गायक भट्टराईले यसपटक आफूले दर्शक तथा स्रोतालाई स्पेनिस फ्लेवर दिन खोजेको बताए ।

क्यानाडा निवासी गायक भट्टराईले तीन वर्ष अगाडि ‘कहिँ त होला’ बोलको गीत सार्वजनिक गरेका थिए । यो गीतबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएका उनी यसपटक पनि दर्शक तथा स्रोताको माया पाउनेमा आशावादी छन् ।