अमेरिकामा ‘पोइ पर्‍यो काले’ डिसेम्बर २७ बाट प्रदर्शन हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: कात्तिक ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्‍यो काले’ अमेरिकामा प्रदर्शन हुँदैछ । आत्रेय प्रोडक्सनले प्रदर्शन अधिकार खरिद गरेर चलचित्र अमेरिकामा प्रदर्शन गर्न लागेको हो । यहि डिसेम्बर २७ बाट अमेरिकाको डालस शहरको दुइ वटा हलमा चलचित्र ‘पोइ पर्‍यो काले’ प्रदर्शन हुन लागेको हो ।निर्माता किरण नेपालीले चलचित्रले घरेलु बजारबाटै आफ्नो लगानी सुरक्षित गरि सकेको बताए ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।