‘सेल्फीकिङ्ग’ हाँस्य कलाकारहरुको पिडा र संघर्षको कथा


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता विपिन कार्कीलाई किङ्गअवतारमा प्रस्तुतगरिएको चलचित्र हो, ‘सेल्फीकिङ्ग’ । चलचित्रमा उनि शिर्ष भूमिकामा छन् । हरेक चलचित्रमा च्यालेञ्जिङ्ग क्यारेक्टरमा प्रस्तुत हुन रुचाउने विपिन यसमा कमेडियनको रुपमा प्रस्तुतभएका छन् । उनले कमेडी कलाकारको जीवनमा आउने उतारचढावलाई आफु मार्फत प्रस्तुत गरेका छन् । ‘सेल्फीकिङ्ग’नामले परिचित उनै हाँस्यकलाकार (टेलिभिजन) ले कला यात्राको दौरानआफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ ।

कमेडियनले गर्ने कमेडी देखेर त दर्शक हास्छन, तर उसको मन भित्रकति पिडा हुन्छ ? वा कस्तो स्थितिमा पनि उनले आफुलाई प्रस्तुतगर्नु पर्छ भन्ने परिस्थितिलाई पनि यसमा समेटिएको छ । गतवर्षको सफल चलचित्र ‘प्रसाद’का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका छन् । निर्देशक राउत यसमा निर्माताको भूमिकामा मात्र छन् । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेकाहुन् ।

उनको यो डेब्यु चलचित्र हो । कन्सेप्ट मन परेकै कारण आफु निर्माणमा आएको दिनेशले बताएका छन् । ’विशालले सुनाउदा चलचित्रको कन्सेप्ट मन पर्यो , त्यसैले म निर्माताको रुपमा रहेर उसलाई डेब्यु गराएको हुँ’दिनेशले भने । उनले कमेडि गर्ने आर्टिस्ट भित्रको पिडा र उसको परिस्थितिले दर्शकको मन छुने समेत विश्वास व्यक्त गरे । ’चलचित्रले मनोरंजन त दिन्छनै संगै एउटा आर्टिस्टको कथापनि भन्छ’ उनले भने । यसमा शिर्ष भूमिकामा विपिनको अभिनय रहेको छ । विपिनसंगै चलचित्रमा लक्ष्मीबर्देवा, भुवनचन्द, अभय बराल, लोकमणी सापकोटा, सविनबाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतकाकलाकारको अभिनय रहने छ भने अभिनेत्री केकीअधिकारीले ’जाली रूमाल’बोलको गीतमाअभिनय गरेकी छिन् । चलचित्रको थियटर ट्रेलर रिलिज गरिएको छ भने केहि दिनमा युट्युबमा समेत रिलिजगरिनेछ ।

चलचित्रमा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवनथापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदयपौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृतिजोशीको श्रृगार, आशिषपौडेलको कस्ट्युम डिजाइन, उत्तमन्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कलानिर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवलकोइराला रहेका छन् । दिनेश राउतलाइविशालले सुनाएको कन्सेप्ट मन परेपछि चलचित्रमा लगानीगर्न तयार भएको हु । यसमा एउटा कमेडी आर्टिस्टको कलायात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवनबिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा देखाउन खोजेका छौ । हामीलाई कमेडी सहज जस्तो लाग्छ तर , कमेडियन बन्नगर्नु पर्ने संघर्ष र कमेडी गर्दा गर्नु पर्ने संघर्षलाई यसमा देखाएका छौ । हामीले चलचित्रलाई नितान्त रुपमा विपिन अर्थात सेल्फीकिङ्गको मार्फत यसमा कथा भनेका छौ ।