काँग्रेस सांसद शाहद्वारा अभिनेतामाथि कुटपिट


सेलिब्रेटी नेपाल

बुटवल: कपिलवस्तुको कृष्णनगरमा नेपाली काँग्रेसका नेता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिशेकप्रताप शाहले गत निर्वाचनमा राप्रपाबाट उमेदवार रहेका र चलचित्रका अभिनेता समेत रहेका श्यामकुमार मिश्रालाई आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेका छन् ।

आफ्ना गाडी चालक शशि कस्यपलाई बोलाउन पठाएपछि सांसद शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर शाह र ड्राइभर कस्यपले मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले जानकारी दिएका छन् । मरणासन्न हुनेगरी कुटपिटपछि सांसद शाहका ड्राइभरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजारको सडकमा ल्याएर छाडेका थिए ।

स्थानीयतले घाइते मिश्रको उद्दार गरी बहादुरगञ्ज पठाएको र उनको अवस्था गम्भीर देखेपछि बुटवल रिफर गरिएको बताइएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले मिश्राले सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको बताए । मिश्राको नाक र मुखबाट रगत बगेको र उपचार भइरहेको तर कतैबाट उजुरी नपरेको एसपी जबराले बताए ।

शाहका ड्राइभर फरार रहेकाले पक्राउ गर्न नसकिएको एसपी जबराले बताए । कृष्णनगरमा रहेका सांसद शाहको घरमै पुुगेका मिश्र र सांसद शाहबीच केहिबेर गाली गलौज समेत चलेको परिवारिक स्रोतले जनाएको छ ।

सांसद शाहले भने हिँजो साँझ आफ्नो ड्राइभर र उनीबीच कुट्पिट भएको तर आफुले न कुटेको भन्दै विज्ञप्ति निकालेका छन् । आफुसँग भनाभन मात्रै भएको उनको जिकिर छ ।
रातोपाटी डटकमबाट जस्ताको तेस्तै