शिल्पा र शिशिरको ‘आधारातमा २'(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: पुष्प तामाङ्ग र पवित्रा गुरुङको आवाजमा रहेको ‘आधा रातमा’ बोलको गीत भिडियो सार्बजनिक गरिएको छ। ‘ओएसआर डिजिटल ‘ को युटुब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोमा शिल्पा पोखरेल र शिशिर श्रेष्ठको अभिनयलाई देख्न सकिन्छ। यस गीतको शब्द पुष्प तामाङ्गले नै लेखेका छन् भने संगीत कृष्ण कुमार राईले दिएका छन्।

निश्चल चापागाईंले निर्देशन गरेको भिडियोमा पतिपत्नी बीचको मायाप्रेममा उत्पन्न भएका समस्याहरुलाई वियोगान्तरुपमा प्रस्तुत गर्न खोजिएको छ।