निर्मलाको घटनामा आधारित चलचित्र ‘कोपिला’को ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘कोपिला’को ट्रेलर सार्बजनिक गरिएको छ । शिबम अधिकारीको लेखन तथा निर्देशनमा बनेको चलचित्रले नारीको पिडा र बलात्कारको कथा बोल्छ । निर्मला पन्तको सत्य घटनामा आधारित चलचित्रमा सरिता गिरि,गणेश गिरि,रिद्दी चरण श्रेष्ठ,बिमल पौडेल,प्रेम वर्षा खनाल,अश्मिता जुरेली,अस्मिन घिमिरे,संजीवनी खरेल,जुनिपर पौडेल,प्रकृति खरेल,राखी क्षेत्रि,सिया आचार्य लगायतका कलाकारको अभिनय रहेको छ।

गणेश गिरि प्रस्तुकर्ता रहेको चलचित्रका निर्माता मणि राज गौतम हुन्। रामेश्वर कार्कीको डीओपी रहेको चलचित्रमा छायांकन शिबशरण न्यौपानेको रहेको छ ।चलचित्रमा दिपक शर्माको संगीत रहेको छ । चलचित्रलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । सुबाश काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको प्रदर्शन मिति फाइनल गरिएको छैन ।

Copyright © 2012 - 2026 | All Right Reserved.