धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को गीत सार्वजनिक गरिएको छ। बिहीबार राजधानी काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ‘फनफनी’बोलको गीत सार्वजनिक गरिएको हो।

डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा मेलिना राई र कालिप्रसाद बास्कोटाको स्वर रहेको छ । शंकर बिसीले कोरियोग्राफी गरेको गीतमा चलचित्रका कलाकारहरु सिताराम, कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल लगायतका कलाकारका साथमा मोडल अञ्जली अधिकारीको नृत्य हेर्न सकिन्छ।

‘सेन्टी भाइरस’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। कुमार कट्टेल र दीपक आचार्यले लेखेका चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ। डिन्डु लामा ह्योल्मोले लगानी रहेको शैलेन्द्र डि. कार्कीले छायांकन गरेको चलचित्र सम्पादनको जिम्मा निमेश श्रेष्ठले लिएका छन्। सानो पर्दा हुँदै समाज सेवामा केन्द्रित धुर्मुस–सुन्तली ‘सेन्टी भाइरस’मार्फत कथानक चलचित्रमा होमिएका हुन्। चलचित्र फागुन ९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.