सृजना खत्री ‘हाउडे माया’ र टेकको गीतमा सुबोध र आयुष्मा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: हाँस्य टेली सिरियल ‘सक्किगोनी’ का एदुमे अर्थात क्यारिकेचर किङ्ग सुबोध गौतमको म्युजिक भिडियो ‘ओइ सानी’ सार्बजनिक गरिएको छ । नौटंकी माया, हाउडे माया, लाहुरे माया, डबल माया जस्ता गीतहरु बाट चर्चामा आएकी गायिका सृजना खत्रीले पहिलो पटक लोक तथा दोहोरि गीतमा आवाज दिएकि छिन् । गीतमा पुरुष तर्फका स्वर भने टेक अधिकारीको रहेको छ । त्यस्तै यदुमेलाई मोडल आयुस्मा कार्किले साथ दिएकी छिन् ।

भिडियोमा गाउँघरमा कुनै चाडपर्व तिर हुने रमाईलोलाई जस्ताको त्यस्तै प्रस्तुत गर्न खोजिएको छ । गायक अधिकारीकै शब्द रेशम प्रधानको लय तथा एरेन्ज रहेको यस गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन गरेका छन् ।