‘सेल्फीकिङ्ग’ गीतमा केकी र भिमफेदी गाइजको छमछमी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता विपिन कार्कीलाई किङ्गअवतारमा प्रस्तुत गरिएको चलचित्र ‘सेल्फीकिङ्ग’ पोष्टर र टिजरपछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ । सार्वजनिक लोक शैलीको गीतमा ‘सेल्फीकिङ्ग’ उर्फ विपिनसँगै केकीअधिकारी र भीमफेदीगाईज फिचर्ड छन् । कथाअनुसार नै चलचित्रमा आउने गीतमा कार्यक्रमको माहोललाई देखाइएको छ । गाउँमाआयोजित एक सांस्कृतिककार्यक्रमको माहोललाई गीतमा देखाइएको छ । ’जाली रुमाल’ बोलको गीतमा बि पाण्डेको शब्द , सुभाष भुषालको संगीत रहेको छ भने यसमाअन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ ।

गीतलाईभीमफेदीगाइजकै निर्मल लामाले कोरियोग्राफ गरेकाहुन् । सोलुको सल्लेरीमा छायाँकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकीहुन् । जहाँ विपिन हाँस्य कलाकारको रुपमा उपस्थित छन् । ‘सेल्फीकिङ्ग’ नामले परिचित एक चर्चित हाँस्यकलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेकाहुन् । उनको यो डेब्यु चलचित्र हो ।

चलचित्रमा विपिनसंगै लक्ष्मी बर्देवा, भुवनचन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमाअभिनय गरेकी छिन । गतवर्षको सफल चलचित्र ‘प्रसाद’कानिर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यसलाई निर्माण गरेकाहुन् ।

चलचित्रमा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवनथापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, हिमाल केसीको द्वन्द, उत्तम न्यौपानेको साउण्ड डिजाइन, जीवनथापाको सम्पादन र कलर करेक्सन , बिनोद पौडेलको स्टील फोटोग्राफी र साजनथापाको कलानिर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवलकोइराला रहेका छन् । चलचित्र माघ २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।