धर्मेन्द्रले ल्याए ‘गुलाबको फूल'(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक धर्मेन्द्र सेवनको नयाँ गीत सार्वजनिक गरिएको छ । बिहिबार आफ्नै युट्युब च्यानलबाट उनले ‘गुलाबको फूल’ बोलको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक उक्त गीतमा शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ ।

आफूले प्रेमिल भावमा यस गीतलाई तयार गरेको धर्मेन्द्रले बताउँछन् । आफूले एक्लै गितार बजाएर तयार गरेको गीतलाई दर्शक–श्रोताले रुचाउने भएका कारण सोही जनरमा यस गीतलाई तयार पारेको धर्मेन्द्रले बताए ।गीतको भिडियोमा पनि धर्मेन्द्र आफैँ फिचर भएका छन् । भिडियोमा धर्मेन्द्रसँगै सोफिया घलेलाई पनि देखाइएको छ । भिडियोलाई निर्देशन तथा छायांकन सुरज दर्लामी मगरले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.