रोमान्टिक बने पल र पूजा ‘म यस्तो गीत गाउँछु २’ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहीबार ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सार्वजनिक गरिएको हो।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गरिएको छ। उनीहरु रोमान्टिक अवतारमा प्रस्तुत छन्।

सौरभ लामाले खिचेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन्। सुदर्शन थापाको कथा रहेको चलचित्रको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले तयार पारेका हुन्।

चलचित्रमा पल र पूजाका अलावा दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ। सांगीतिक प्रेम कथामा बनेको चलचित्र फागुनको २३ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.