भिक्षु गुरुङले गरे सामाजिक कार्यसंगै मन्त्र ‘ओम माने पेमे हुँ’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: सामाजिक कार्य गर्नको लागि धन मात्र भएर हुन्न मन पनि हुनु पर्छ यस्तै सहयोगी मन भएका भिक्षु कुमार गुरुङले स्नेही काखमा नगद १ लाख प्रदान गरेका छन् । साथै मासिक २० हजार नियमित प्रदान गर्ने सम्झौता पनि गरेका छन् । हालका लागि सम्झौता एक बर्षको लागि गरिएको छ र पछि फेरी नवीकरण गर्ने भिक्षु कुमारले बताए । ३५ जना मानसिक सन्तुलन गुमाएका आमाहरु र १० जना बच्चाहरुको पालन पोषण गरि रहेकी श्री नेहा पोखरेल र गुरुङ ब्रदर्स रियल स्टेट कम्पनीका तर्फ बाट दिपा राईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

लामो समय देखि अमेरिका बस्दै आएका भिक्षु कुमार गुरुङले निर्माण गरेको मन्त्र ‘ओम माने पेमे हुँ’ को श्री नेहा पोखरेलको हातबाट सार्बजनिक गरिएको छ।
सार्बजनिक मन्त्र ‘ओम माने पेमे हुँ’मा भिक्षु कुमार गुरुङ,पन्चमान गुरुङ,उदय सोतांग,क्षिरिङ्ग गुर्मेय,छिरिंग छोजोम,सुचिता गुरुङ, डीबी तामांङ र दिपा लामाको स्वर रहेको छ कुमार थापाको संगीत संयोजन रहेको मन्त्रलाइ मिन बिस्टले मिक्सिंग र मास्टरिङ्ग गरेका हुन्। भिडियोको छायांकन र सम्पादन बिष्णु खड्काले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.