सौगात र सृष्टिको ‘सँगसँगै’ शुभ मुहुर्त सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौं: नेपाली चलचित्र ‘सँगसँगै’ को शुभमुहुर्त गरिएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रको शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै शुभमुहुर्त गरिएको हो। सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा रहने चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, मुकुन भुषाल, आश्मा गिरी, रश्मी भट्ट, विशाल पहाडी, विकास चापागाईँ, सविता रेग्मी लगायतको अभिनय रहनेछ।

शुभमुहुर्त कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले दुई दशक अगाडीदेखि अहिलेको समयसम्मको समसामयिक कथामा चलचित्र निर्माण हुने बताए। ‘युवाको विदेश पलायन मोहमा आधारित रहेर दुई साथिको कथामा चलचित्र बनाउन लागेका हौं’ निर्देशक भट्टराईले बताए। अस्ट्रेलिया र नेपालमा यो चलचित्रको छायांकन हुने शुभमुहुर्तमा जानकारी गराईयो।

शुभमुहुर्त कार्यक्रममा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष तथा निर्देशक आकाश अधिकारी, निर्देशक दयाराम दाहाल, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ लगायतले चलचित्रलाई शुभकामना दिएका थिए। सुवानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा तोरन क्षेत्री, विष्णु लामिछाने, रोशन के.सी र विष्णु बहादुर क्षेत्रीको लगानी रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.