प्रदर्शनमा आयो ‘माछा माछा’


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘माछा माछा’ प्रदर्शनमा आएको छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे मुख्य भूमिकामा छन् । चलचित्रको बुधबार प्रिमियर गरिएको थियो । कमेडी जनराको चलचित्रले हेरुञ्जेल दर्शकलाइ मनोरंजन प्रदान गर्छ ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ । रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ ।

आज बाट नै अर्को चलचित्र ‘माया पिरिम’ पनि प्रदर्शनमा आएको छ । चलचित्रलाइ टेक पौरखी राईले निर्देशन गरेका हुन् ।’ लेखक तथा निर्माता सविन संगै प्रविन थापाको चलचित्रमा लगानी रहेको छ । चलचित्रमा कोशिस क्षेत्री, किरण चन्द, कालु राना, अर्जुन गुरुङ, अनुपमा भण्डारी, सदिक्षा महर्जन, जयनन्द लामा, अरुणा कार्की, रमण राई, सागर बस्नेत आदि कलाकारले अभिनय गरेका छन् ।