‘माछा माछा’को प्रिमियर शो सम्पन्न, सौगात र सृस्टी संगै हलमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’को प्रिमियर शो सम्पन्न भएको छ । राजधानी काठमाडौँमा रहेको बिग मुभिजमा चलचित्रको प्रिमियर शो गरिएको हो । प्रिमियरमा चलचित्रका कलाकार निर्माता निर्देशक लगायत चलचित्र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

चलचित्रले मिश्रित प्रतिक्रिया पाएको छ । दुइ घण्टा लामो चलचित्रले दर्शकलाइ हेरुञ्जेल मनोरंजन प्रदान गर्छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सौगातसँगै विजय बराल र अनोज पाण्डे मुख्य भूमिकामा छन् ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ । रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ । चलचित्र मङ्सिर २० गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.