मिलनको ‘पहिलो भेटमै’ टिकटक स्टार एलिशा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’को भिडियो सार्बजनिक गरिएको छ । योगेन ढोलीको शब्द रचना भएको यस गीतमा गायक सुर्खेती आफैले संगीत भरेका छन् । यस अघि मिलनले वि.सं. २०६२ मा डेनि डेंजोङ्पाको चर्चित गीत ‘मन छाडे मैँच्याङ’को रिमेक गीतबाट अधिक चर्चा पाएका थिए ।

मुस्ताङ्गमा छायांकन गरिएको यस गीतको भिडियोलाई नबिन पुरीले निर्देशन गरेका छन् भने संजय लामाले छायांकन गरेका छन् । भिडियोमा जितेश प्रधान र टिकटक स्टार एलिशा पुन मगरले अभिनय गरेका छन् । बनिश शाहले सम्पादन गरेको यस भिडियोलाई रेनिश फागोले कलर ग्रेडिङ्ग गरेका छन् भने शिशिर खातीले कोरियोग्राफी गरेका छन् । यस गीतका निर्माता राजेश मास्के हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.