‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त सम्पन्न,प्रेम र समिक्षाको डेब्यु


सेलिब्रेटी नेपाल

काठमाडौँ:दाङ जिल्लाको तुलसीपुरमा चलचित्र ‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त सम्पन्न भएको छ। राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङ तुलसीपुरमा एक भब्य समारोहका बीच शुभ मुहर्त गरिएको हो । चलचित्रको छायांकन आज बाट नै दाङ मा सुरु गरिएको छ । पुर्व उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रि दिपक गिरिको प्रमुख आतिथ्यतामा चलचित्रको मुहर्त सम्पन्न गरिएको हो । चलचित्रका मुख्य कलाकार प्रेम परियार,समिक्षा बस्नेत र देव सागरले मुहर्त शर्ट दिए।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेम राज बिक कार्यकारी निर्माता रहेका छन् । यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो। चलचित्रमा प्रेम परियार,समिक्षा बस्नेत र देव सागरको साथमा पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दिपक थापा,शुभम गौतम,डा.लोकराज पराजुली,हेमराज बिसी लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ।

एउटी अपांग केटिको टिन एजमा हुने रहर र जीवन संघर्षको कथा चलचित्रले बोल्ने लेखक तथा निर्देशक राज बहादुर सानेले बताए। चलचित्रमा कविराज गहतराज,रामजी लामिछाने,राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ। चलचित्रमा बसन्त सापकोटा,एलिस कार्की,कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत रहनेछ । चलचित्रलाई अरुण सुनारले छायांकन गर्नेछन् । चलचित्रमा सानु कुमार महर्जनको द्वन्द रहेको छ ।

कार्यक्रममा बोल्दै गायनमा सफल बनेका प्रेम परियारले सानै देखि चलचित्रमा देखिने रुचि रहेको र चलचित्र ‘पर्खि बसे फर्की आउछु’को कथा मन परेकोले आफुले काम गरेको बताए । पहिलो पटक चलचित्रमा देखिन लागेकी समिक्षा बस्नेतले आफुलाई चलचित्रमा पहिले देखि नै रुचि भएको र एउटा अपांग व्यक्तिले भोग्नु परेको दुख पिडालाइ देख्दा र सुन्दा उनीहरुको पिडालाइ अभिनय मार्फत महसुश गर्न पाउने भएकोले यो चलचित्रमा काम गर्न लागेको बताइन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।