सविन श्रेष्ठ अभिनित ‘सूर्य किरण’ मंसिर २७ बाट प्रदर्शन हुने


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘सूर्य किरण’को पोष्टरसंगै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण यूनिटले आईतबार पोष्टर सार्वजनिक गर्दै यही मंसिर २७ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकेको हो। अमिर दोङको निर्देशनमा बनेको चलचित्रमा अभिनेता सविन श्रेष्ठ शिर्ष भूमिकामा छन्। त्यस्तै मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायतको चलचित्रमा अभिनय छ।

चलचित्रमा अभिनेत्री केकी अधिकारी र अमिर दोङ अतिथि भूमिकामा प्रस्तुत छन्। तामाङ चलचित्रका लोकप्रिय कलाकार तथा निर्देशक अमिरको ‘सूर्य किरण’ पहिलो नेपाली चलचित्र हो।

तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.को ब्यानरमा अमृत चेपाङले चलचित्रको निर्माण गरेका हुन्। चलचित्रको कथा तथा पटकथा लेखन ऋतुराज पाख्रिनले गरेका हुन्।

चलचित्रमा विशाल काल्ताङ, जोगलाल लामाको संगीत तथा दीपक तामाङ, अजय स्याङतानको नृत्य तथा राजु दोङ तामाङको द्धन्द्ध छ। अभिषेक माझी र विक्रम मोक्तानले खिचेको फिल्मलाई अर्जुन थापाले सम्पादन गरेका हुन्।

यसअघि फिल्मको ट्रेलर र ‘मैच्याङलाई’ बोलको गीत सार्वजनिक गरिएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.