एक्सन ‘सरौतो’ संग हलमा माया प्रेमको कथा


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘सरौतो’ र ‘लभ यु हमेशा’ प्रदर्शनमा आएका छन्। हरी हुमागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘सरौतो’मा सुमी मोक्तान, आमिर गौतम, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, लियो ट्यांक, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ । चलचित्रले रिभेन्ज कथा बोल्नेछ। चलचित्रमा अभिनेत्री सुमी मोक्तान एक्सन लेडीको भूमिकामा देखिएकी छन् ।

राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द, राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ । शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रमा लक्ष्मीकुमारी तामाङको लगानी छ । श्री महर्जन सह निर्मातामा छन् ।

भास्कर प्रधानले निर्देशन गरेको चलचित्र ‘लभ यु हमेशा’ मा अभिनेता यशराज गराच र अभिनेत्री द्धय फिजा योन्जन र ऋचा थापाको मुख्य भुमिका रहेको छ ।