भागिरथको समय सान्दर्भिक वजनदार गीत र भिडियो ‘कहिले बोल्छ देश ‘


सेलिब्रेटी नेपाल

काठमाडौँ:केही समय देखि भारत र नेपाल बिचमा सिमाको विवाद चर्किरहेको छ यतिबेला नेपाली जनता आक्रोशमा आएका छन् । छिमेकी देश भारत र नेपाल सरकारलाई आफ्नो आफ्नो ठाउँ बाट दबाब दिरहेका छन् । गीत संगीतबाट पनि धेरै लाई ध्यानाकर्षण गराइएको देखिन्छ।

भागिरथ चलाउने र शान्तीश्री परियारको स्वरमा रहेको गीतमा सिमा मिचिएको बिषय देखि अन्य थुप्रै समसामयिक बिषयलाइ समाबेश गरिएको छ। एक युवा नेपालको अवस्थाबाट बिरक्त भएर देश छोडेको कथाले मन छुन्छ । गायक भागिरथकै शब्द तथा संगीत रहेको गीत जति सशक्त छ,भिडियो उत्तिकै उत्कृस्ट बनेको छ ।

हरि बिस्टले निर्देशन गरेको भिडियोको कथा गायक भागिरथकै हो भिडियोलाइ करण चैंसिरले छायांकन र उत्तम कार्कीले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.