विराजको ‘साङ्लो’ माघ २४ मा आउने


सेलिब्रेटी नेपाल

काठमाडौं: महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते प्रदर्शनमा ल्याउने घोषणा गरिएको एक्सन स्टार विराज भट्टको निर्देशकिय डेब्यू चलचित्र ‘साङ्लो’ अब माघ २४ गतेबाट प्रदर्शनमा आउने भएको छ। शनिबार नयाँ पोष्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो। सार्वजनिक पोष्टरमा अभिनेता विराज र अभिनेत्री निकिता चण्डक फिचर्ड छन्।

मिस नेपाल २०१७ निकिताले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गर्दैछिन्। चलचित्रमा विराज र निकिताका साथमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको अभिनय छ। विराज भटट् फिल्म प्रोडक्सन प्रा.ली.को व्यानरमा निर्मित चलचित्रको निर्माता तेज बहादुर खड्का हुन्। चलचित्रले किड्नी तस्करीको कथा बोल्ने बताइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.