पूजाको ‘हुन्छ भनन’ मा वर्षा र प्रकाश (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: पूजा सुनुवारको स्वरमा रहेको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम रहर प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले आज सार्वजनिक गरेका हुन् । सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन् ।

अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा वर्षा राउत र प्रकाश सपुतको अभिनय रहेको छ । भिडियो लाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका छन् ।

दीपक शर्माको शब्द र संगीत रहेको सो गीतमा डेबिड शंकरको मेल भोकल रहेको छ । २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनीक गरेर नेपाली सङ्गीतमा प्रवेश गरेकी पूजाको यो दोस्रो एकल साङ्गीतिक एल्बम हो ।