‘लभ यु हमेशा’ को गीत सार्बजनिक,यशराज र ऋचाको प्रेम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘लभ यु हमेशा’ को गीत सार्वजनीक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । मङ्सिर १३ गतेबाट देशभर प्रदर्शन हुने चलचित्रलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथानक चलचित्रमा अभिनेता यशराज र अभिनेत्री द्धय फिजा योन्जन र ऋचा थापाको मुख्य भुमिका रहेको छ । सार्बजनिक ‘यो हावा किन चल्छ’ बोलको गीतमा मेलिना राइ र सुदीर राइको स्वर रहेको छ। सार्बजनिक गीतमा भासुको शब्द तथा संगीत रहेको छ ।

निर्देशक प्रधानकै लेखन रहेको चलचित्र यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको चलचित्र धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको हो चलचित्रलाइ शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको चलचित्रमा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।