चलचित्र संगै सामाजिक काममा पनि लाग्ने सोचमा मिरुना


सेलिब्रेटी नेपाल

काठमाडौँ: मान्छेहरु भन्ने गर्छन नि जस्तो बाउ तेस्तै छोरी या त जस्तो आमा त्यस्तै छोरी। नायिका मिरुना मगरको हकमा पनि यो कुरा लागु हुदो रहेछ। धरानमा जन्मिएकी मिरुना ८ कक्षा पड्दा पड्दै बेलायत गईन। बुवामम्मी उतै भएकाले उनलाइ नेपाल छोडेर बाकी शिक्षाको लागी बेलायत जानु पर्यो। उनकी आमा धरानमा हुदा थिएटरकि कलाकार साथसाथै समाजसेवा पनि गर्दिरहिछिन। त्यसैको प्रभाब मिरुनामा पनि पर्यो। मिरुनालाइ सानै देखि आफ्ना देशमा केहि गरौ भन्ने लागेको रहेछ। जब उनले ब्यबस्थापन बिषयमा स्नातक सकिन तब उनलाई बेलायत बस्नै मन लागेन ।

सन् २०१६मा मिरुना नेपाल आइन। नेपाल आउँदा उनको सोच थियो, कुनै एनजिओ, आइएनजिओमा आवद्ध भएर समाजसेवाको काम गर्ने, संगै थिएटर क्लासमा भर्ना हुने। त्यसैअनुरुप उनि थिएटरको कक्षा लिईन नाटक सिकिन।

पहिलो ‘नाटक कथा देश ३’ थियो जसले उसको कलाकारिताको ढोका खोलिदियो। ‘नाटक देश ३’ को आधारमा टेकेर उनले पहिलो चलचित्र ‘लालपुर्जा’ मा काम गर्ने मौका पाइन्। चलचित्र ‘लालपुर्जा’ मिरुनाको डेब्यु चलचित्र हो। यस चलचित्र पछि उनले खालि हात बस्नु परेको छैन। चलचित्र ‘रोज ‘मा नायक प्रदिप खड्कासंग काम गरिन। चलचित्र ‘रोज’ उनको करियर कै टर्निंग पोइन्ट थियो। जसबाट चलचित्र क्षेत्रप्रतिको लगाब झन् बढेको उनि बताउछिन। चलचित्र प्रति रुचि भए पनि गर्न सक्दिन कि भन्ने उनलाई परिरहने रहेछ। एक न एकचोटी त थिएटर सिकेरै छोड्ने अठोठ लिईन त्यहि अठोटले अहिले उनलाई नायिका बनाएको छ।

उनि नेपालकि प्रथम नायिका भुवन चन्दको चलचित्र ‘साइनो’ मा आफुले काम गर्न पाउदा भाग्यमानि ठान्छिन। बिपिन कार्की , सौगात मल्ल , प्रदिप खड्का लगायतसंग स्क्रिन सेयर गरिसकेकी मिरुना एक पछि अर्को गर्दै माथि जान चाहान्छिन। उनलाई एकै चोटी माथि पुगेर बिस्तारै झर्नु छैन। भन्छिन बिस्तारै सिकेर अगाडी बढ्दै जानु छ। अब मिरुनाको एउटै सोच छ कलाकारिता संगै समाजसेवालाइ पनि अगाडी बढाउने। उनि अभिनित चलचित्र ‘च च हुइ’ आगामी शुक्रबार अर्थात् मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउदै छ । उनले नायक आर्यन सिग्देल संग स्क्रिन शेयर गरेकी छन् । ‘च च हुइ’ मा आफुले पहिलेको चलचित्रमा भन्दा अझै उत्कृस्ट काम गर्ने प्रयास गरेको मिरुना बताउछिन् ।