अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ


सेलिब्रेटी नेपाल

काठमाण्डौ:अभिनेता बिपिन कार्कीलाइ पुत्री लाभ भएको छ। सोमबार बिहान बल्खु स्थित बयोधा हस्पिटलमा श्रीमती रेस्मा कार्कीले पहिलो सन्तानको रुपमा छोरीलाइ जन्म दिएकि हुन् । पहिलो पटक बाबु बनेको खुसि बिपिनले आफनो फेसबुकमार्फत साटेका छन् । विपिनले पहिलो सन्तानको रुपमा लक्ष्मी भित्रिएकाले आफु एकदम खुशी भएको ब्यक्त गरे। छोरी जन्मिनु भन्दा अगाडीको केहि समय एकदम तनाबमा बिते पनि अहिले आमा र बच्चाको स्वास्थ एकदम राम्रो भएकाले ढुक्क महसुश भएको बताए। बिपिन कार्कीद्वारा अभिनित पछिल्लो चलचित्र ‘जात्रै जात्रा’ले राम्रो ब्यापार गर्न सफल भएको थियो। उनको आगामी चलचित्र ‘सेल्फी किङ्ग’ को छायांकन सकिएर पोस्ट प्रोडक्सनको काम भइरहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.