अभिको ‘जाली माया’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया…’ सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा गायक स्वयमको शब्द तथा सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको छ । किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारी फिचर्ड छन् । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेको सम्पादन गरेका छन् ।

गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । केही चलचित्रमा सहायक निर्देशन र विभिन्न म्युजिक भिडियोमा निर्देशन गरेका किशनले यो म्युजिक भिडियोमा राम्रो बनाउने प्रयास गरेको बताउँछन् । मोफसल रुपन्देहीको मुर्गियामा रहेर गीत सङ्गीतमा सक्रिय रहेका अभीको सार्वजनिक यो पहिलो गीत हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.