इश्वर र राजुको ‘जाले रुमाल’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: इश्वर सिंह,राजु कंडेल र जुना सिरिश मगरको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीत ‘जाले रुमाल’ सार्बजनिक गरिएको छ। सार्बजनिक गीतमा शिब अखेलीको शब्द र इश्वर सिंहको लय रहेको छ। बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा दुर्गेश थापा र नम्रता सापकोटा फिचर्ड छन् ।