अनमोल ‘ए मेरो हजुर ४’मा अनुबन्धित


सेलिब्रेटी नेपाल

काठमाडौँ:ब्यबसायिक सफल चलचित्र ‘ए मेरो हजुर’ को चौंथो सिक्वेलमा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता
पत्रमा हस्ताक्षर गरे ।

‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका अनमोलले चौथों शृंखलामा अभिनेत्री सुहाना थापासँग जोडी बाँध्नेछन् । होम प्रोडक्सनको चलचित्रमा सुहाना यसअघि नै फाइनल भैसकेकी थिइन् ।

झरना थापाले निर्देशन गर्ने चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । यहि सिनेमाबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए ।

सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने ‘ए मेरो हजुर ४’ माघ २० देखि छायाँकनमा जानेछ । नेपाल, ओमान र हल्याण्डमा छायाँकन हुने चलचित्रको अन्य कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.