‘तरुनी ‘लिएर लोकपप गायक रोज मोक्तान (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दशकौ देखि निरन्तर पृथक स्वादका मिठा मिठा मौलिक गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका गायक संगीतकार रोज मोक्तानको नयाँ लोकपप गीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिकगरिएको छ । रोजकै शब्द संगीत र आवाजमा तयार भएको गीत ‘तरुनी’मा राजन इशानको संगीत संयोजन रहेको छ । सार्बजनिक भिडियोमा रोज, निरन्जली लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ। उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ।

रामेछापको खनियापानीमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन क्षेत्रमा प्रबेश गर्ने बाटो खोलेका थिए भने ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गरेका रोजले नेपाली भाषाका एल्बम डम्फुरे , चेप्टे सुन, सम्धिनी, मौलिकता र तामाङ भाषाको र नेपाली गरी ११ वटा एल्बम निकालिसकेका छन् । नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश बिदेशका स्टेज कार्यक्रममा व्यस्त हुने गायकको सुचिमा पर्छन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.