‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: भोली शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ । डेभिड शंकरको स्वर, देव भुषालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ ।

गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन, जीवन थापाको सम्पादन छ । यो चलचित्रमा देव भुषालको लेखन तथा निर्देशन छ । सार्बजनिक गीतमा मुख्य कलाकारहरु साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोल लगायतका कलाकारहरु फिचर्ड छन् ।

चलचित्रलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । चलचित्रमा भूवन केसी, सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्रले विदेशमा रहेपनि नेपालीपन हराउँदैन भन्ने कथालाई उठान गरेको छ । केही दिन अगाडि अमेरिकामा भएको विशेष शोमा यो चलचित्रलाई रुचाइएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.