प्रेमराजा महतको राष्ट्रभक्ति गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: चर्चित लोकगायक प्रेमराजा महतको नयाँ गीत सार्बजनिक गरिएको छ । ‘आयो नेपाली … ’ बोलको गीत मंगलबार यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । यस गीतको भिडियोलाई उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । नेपाली सेनाप्रति समर्पित रहेको यस गीत सबैको मनछुने बनेको छ ।

उनले गीतमा आफुहरु जहाँ गए पनि आफ्नै जन्मभुमी प्यारो लाग्ने बताएका छन् । यस गीतमा शब्द र संगीत पनि गायक महतकै रहेको छ । यस गीतलाई बिबि अनुरागीले एरेन्ज गरेका छन् । भिडियोमा गायक प्रेमराजा महत आफै देखिएका छन् । भिडियोको सम्पादन मिनराज अर्यालले गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.